सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पहिरोले घर पुर्दा ८ जना बेपत्ता भएका छन् । एक जनाको सकुशल उद्धार गरिएको छ । प्रदेश सरकारले निर्माण गर्दै गरेको कबर्डहलमा निर्माणको काम गर्दै आएका मजदुर बसेको घर पहिरोले पुरेको हो ।
राती करिब २ बजे पहिरोले घर पुर्दा सोही घरमा सुतेका ८ जना मजदुर पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । एक जना भारतीय मजदुरलाई भने सकुशल उद्धार गरिएको हो ।
नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले उनलाई सकुशल उद्धार गरेको हो । उनको उपचार भईरहेको छ । पुरिएर बेपत्ता भएकाहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।