कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा कांग्रेसका वीरवहादुर सुनार ५१३४ मतसहित निर्वाचित भएका हुन् । उनी एमालेका किशोर लिम्बुलाई ४३७१ मतमा रोक्दै विजयी भएका हुन् ।
उपमेयरमा एमालेकी चिनी गिरी ५२७१ मत ल्याएर विजयी भएकी छन् । कांग्रेसकी गंगादेवी जोशी ४७१६ मत ल्याएर दोस्रो भइन् ।