पलाएका आशा दिनदिन सबै जेलिन पुगे
रमाएका गल्ली पलपल गरी टाढिन पुगे
दुख्यो पोल्यो छाती कटकट गरी यो तन पनि
दबाई के होला भनिकन सखारै खोजे पनि
न मिल्ने भो सुक्खै न त प्रिय हुने जीवन अहो !
न आसैमा बाँच्ने न त अवनिमा सार्थक भयो
कसोरी के गर्ने छटपट भई पिल्सन पुगी
झरे अश्रू थोपा तपतप गरी जीवन लुकी ।
पुरा बन्दाबन्दी जगतभर आजै छुटि गए
कि बाल्ने हो ज्योती कि त मधुरमा चेतन बढे ।
सुनौलो क्रीडामा उनदिन अहो ! हर्षित थिए
पुरानै ढाँचामा जिवन अहिले फर्कने भए
दुखेको यो छाती बिरह जनको देख्दछ यहाँ
बिथोलेको बाटो अलमल परेको देखि जहाँ
उजाडै भो ऐले मनुज सबको तन दुर भयो
पुरा हुनै बाँकी रहर नभई बन्द हुन गो ।