धनकुटा, १७ असार । धनकुटा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । ९ नम्बर वडासम्मको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवार चिन्तन तामाङ्गले ४६ मतले अग्रता लिएका हुन । उनले ४ हजार ६ सय २३ मत प्राप्त गरेका छन ।

यता नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राईले ४ हजार ५ सय ७७ मत प्राप्त गरेका छन  । त्यस्तै माओवादी केन्द्रका मेयरका उम्मेदवार गणेश बिष्टले २ हजार ३ सय ९६ मत पाएको निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । उनका अनुसार उपमेयरमा नेकपा एमालेका शकुन्तला बस्नेतको अग्रता छ ।

Advertisement
धनकुटाको सामुदायिक भवनमा जारी धनकुटा नगरपालिकाको मतगणना । तस्वीर: रबिन कटेल/संगालोखबर

 उनले ५ हजार १ सय १३ मत पाएकी छन । नेपाली कांग्रेसका रेणु श्रेष्ठको ३ हजार ३ सय ९२ मत छ भने माओवादी केन्द्रका बिष्णुमाया कन्दङ्गवाले २ हजार ३ सय २१ मत पाएकी छन ।

धनकुटा नगरपालिका ९ नम्बर वडासम्मको गणना सकिएको छ । १० नम्बरको गणना जारी छ । तर, पछिल्लो परिणाम सार्वजनिक गरिएको छैन ।   अव साँझ ६ बजेसम्ममा धनकुटा नगरको मतगणना सकिने निर्वाचन कार्यालयका सूचना अधिकारी पौडेलले संगालोखबरलाई जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!