धनकुटा, १७ असार । धनकुटाको चौबिसे गाउँपालिकामा कांग्रेस र संघीय समाजवादी वीचको गठबन्धनलाई हराउँदै नेकपा एमाले बिजयी भएको छ । एमालेका खजिन्द्र राईले ३ हजार ७ सय ८२ मत प्राप्त गर्दै अध्यक्षमा बिजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस–संघीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार हर्क चेम्जोङ्गले ३ हजार २ सय ७९ मत प्राप्त गरेका छन । एमालेका राईले गठबन्धनका उम्मेदवार चेम्जोङ्गलाई  ५ सय ३ मतान्तले पराजित गरेका हुन ।

Advertisement

चौबिसेको १, ३, ५ र ८ मा एमालेको प्यानलनै विजयी भएको छ । कांग्रेसले ७ मा प्यानलनै र ४ मा पनि बिजय प्राप्त गरेको छ । यता माओवादी केन्द्रले २ नम्बर वडा र संघीय समाजवादीले ६ नम्बर वडामा बिजय प्राप्त गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!