संगालोखबर सम्बाददाता

काठमाडौँ । सोमबार (भोलि) देखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यावसायीहरु तयार भएका छन् । यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यावसायीहरु तयार भएका हुन् ।

Advertisement

सरकारले असार २६ गतेदेखि सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, विभिन्न माग राख्दै यातायात सञ्चालन नगरेका व्यावसायीहरु मौद्रिक नीतिमार्फत माग संबोधन भएको भन्दै यातायात चलाउँन तयार भएका हुन् । व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत संबोधन भएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले बताए ।

यता, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले पनि यातायात व्यावसायीहरु राजी भएकाले सोमबार बिहानदेखि स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै सार्वजनिक सवारी साधन सञ्चालन हुने जानकारी दिए । एक जिल्लाबाट अर्काे जिल्ला नजाने गरी सवारी साधन सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । व्यावसायीहरुले लामो दूरीका सवारी साधनसमेत सञ्चालन गर्ने गरी तयारी थालेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!