डोटी । डोटी जिल्लाका ९ स्थानीय तहमा रहेका जम्मा ६५ वडाहरुमध्ये हालसम्म ५१ को परिणाम सार्वजनिक भएको छ ।

Advertisement

प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले २५ वडामा बिजयी प्राप्त गरेर पहिलोस्थानमा रहेको छ ।

एमालेले २३ वडाहरुमा जितेको छ । माओवादी केन्द्रले ३ वडाहरु जित हात पारेको छ ।

कांग्रेसले के आई सिंहमा एकलौटी जित हात पारेको छ । ७ वडा रहेको यस गाउँपालिकामा सदस्यहरु सहित ७ वटै वडाहरु कांग्रेसको पोल्टामा परे ।

यस्तै शिखर नगरपालिकामा पाँच, दिपायल सिलगढी नगरपालिकामा तीन, पूर्वीचौकी गाउँपालिकामा चार, बोगटान गाउँपालिकामा एक, बडीकेदार गाउँपालिकामा तीन र जोरायल गाउँपालिकामा दुई वडाहरु जितेको छ ।

नेकपा एमालले दिपायल सिलगढी नगरपालिका तीन, शिखर नगरपालिका दुई, आदर्श गाउँपालिका चार, सायल गाउँपालिका चार, पूर्वीचौकी गाउँपालिका तीन, बोगटान गाउँपालिका तीन, बडीकेदार गाउँपालिका दुई र जोरायल गाउँपालिका दुई गरी २३ वडामा जित हात पारेको छ ।

माओवादी केन्द्रले बोगटान गाउँपालिकाका तीन वडाहरुमा जित हात पारेको छ । अव गणना हुन बाँकी १४ वडाहरुमा कांग्रेस एमालेको मिश्रति परिणाम आउने देखिएको छ ।

९ स्थानीय तहमध्ये हालसम्म ४ स्थानीय तहको परिणाम घोषणा हुँदा कांगे्रस २, एमाले १ र माओवादी केन्द्र १ स्थानमा विजयी भएका छन ।

मतगणनाको पछिल्लो रुझान अनुसार दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकामा एमालेले अग्रता कायम गरेको छ भने शिखर नगरपालिका र जोरायल गाउँपालिकामा कांग्रेसको अग्रता रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!