Avatar photoRabin Katel

काठमाडौं । आईतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३५७ पुरुष र ६४ महिला संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

उनका अनुसार संक्रमित मध्ये हालसम्म १ हजार ७ सय ७२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement