
काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुत आज मृत फेला परेका छन् । मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा ३४ बर्षीय राजपुतको शव फेला परेको हो ।
उनले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए ।
उनले पछिल्लो पटक ‘केदारनाथ’ चलचित्रमा अभिनय गरेका थिए । उनी बलिउडका चर्चित अभिनेता थिए ।














