काठमाडौं । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । बाराका ५ बर्षीय बालक र पर्साका करिव २५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या १८ पुगेको छ । हालसम्म ५ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९ सय १३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।