संगालोखबर सम्बाददाता

काठमाडौं । शनिवार थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २४७ पुरुष र ३६ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङका ४ जना र झापाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै रौतहटका ६२ जना, पर्साका ६ जना, बाराका १ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलबस्तुका २५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, महोत्तरीका १ जना, सर्लाहीका १३ जना र रुपन्देहीका ५ जनामा संक्रमण भेटिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । जसमध्ये ९ सय १३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!