संगालोखबर सम्वाददाता

काठमाडौं । गृह मन्त्रालयले सडकमा प्रदर्शनका नाममा भीडभाड गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो केही दिन यता देशका बिभिन्न स्थानमा सरकारबिरुद्ध प्रदर्शन गर्ने क्रम बढ्दै गएपछि बिहिबारसाँझ गृह मन्त्रालयले प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

‘बिगत केही दिनदेखि बिभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट मानिसलाई जम्मा हुँन आव्ह्वान गर्ने, जुलुश प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरु सहभागि गराउँने, ज्ञापन पत्र दिन जाँने जस्ता नाममा अनावश्यक भीडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दी आदेशको अपहेलना भएकोप्रति मन्त्रालयको गंभीर ध्यानाकर्षण भएको छ ।’ बिज्ञप्तिमा भनिएको छ–‘सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउँने जोकोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले ऐनको प्रयोग गरी कारबाही गर्न बाध्य हुनुपर्ने सबैमा जानकारी गराईन्छ ।’

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी बिज्ञप्तिमा बन्दाबन्दीको आदेश उल्लंघन गर्ने वा काममा बाधा पुर्याउँने व्यक्तिलाई संक्रमक रोग ऐन २०२० को दफा ३ बमोजिम प्रमुख जिल्ला अधिकारीले १ सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म जरिवाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्नसक्ने कानुनी व्यवस्था रहेको पनि स्मरण गराईएको छ ।

मन्त्रालयले बन्दाबन्दीको आदेश विपरितका काम नगर्न पनि सबैमा आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!