संगालोखबर सम्वाददाता
फायल तस्बीर

धनकुटा । धनकुटामा आंशिक रुपमा पसलहरु खुल्न थालेका छन् । अत्यावश्यक सामाग्रीका पसलहरु बिहान ५ घण्टा र बेलुका २ घण्टा खोल्न थालिएको हो ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आंशिक रुपमा पसल खोल्न दिने निर्णय गरेको थियो । सोही अनुरुप खाद्यान्न, तरकारी, निर्माण सामाग्री लगायत अत्यावश्यक पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

लामो समयको लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि लकडाउनकैबीच अत्यावश्यक सामाग्रीका पसल खोल्न थालिएको हो ।पसल खुल्न थालेर बजारमा चहलपहल बढ्न थालेपछि जनजीवन सामान्य बन्दै गएको धनकुटा–७ का स्थानीय रोशनराज अमात्यले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!