संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दोलखा भिमेश्वर नगरपालिकाका ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको आइसियूमा उपचार भइरहेको थियो । उनलाई काठमाडौंको केएमसी अस्पतालबाट टिचिङ ल्याइएको थियो ।

Advertisement

लडेर टाउकोमा चोट लागेपछि उनलाई गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो। तर जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने  कोरोना संक्रमितको संख्या २३०० पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!