संगालोखबर सम्वाददाता

काठमाडौँ । कोरोना संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

Advertisement

नियमित पत्रकार सम्मेलनका क्रममा बिहिबार मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनको मृत्यु कोरोना संक्रमणका कारण भएको पुष्टि गरे ।

ललितपुरको किस्ट मेडिकल कलेज (शिक्षण अस्पताल) मा उपचारका क्रममा बुधबार उनको मृत्यु भएको हो । उनी कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या पाँच पुगेको छ ।

बिहिबार १५६ संक्रमित थपिदा नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!