संगालोखबर सम्वाददाता

काठमाडौं । आईतबार बिहान १० जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रौतहटका १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

रौतहटको राजपुर नगरपालिकाका १८, ३२, ३६, ३९, ३९, ४२, ४८ बर्षीय र ईशनाथ नगरपालिकाका २८, ३० र ३३ बर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।

आईतबार बिहानसम्म नेपालमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने संक्रमितको संख्या २९१ पुगेको छ । जसमध्ये ३६ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

प्रदेश नं.२ का ८ वटै जिल्लासहित नेपालका २६ जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!