दिनेश राई

धनकुटा–७ का स्थायी बासिन्दा ४० बर्षीय दिनेश राईलाई नेपाली कांग्रेसले धनकुटा नगरको मेयरको उम्मेदवार बनाएको छ । २०५० सालबाट बिद्यार्थी राजनीति हुँदै पार्टीगत राजनीति सुरु गरेका राई हाल नेपाली कांग्रेस धनकुटाको कोषाध्यक्ष पनि छन ।

कांग्रेस निकट तरुण दलको अध्यक्षसमेत रहेका राईले आइएड उत्रिर्ण गरेका छन । आदिवासी जनजाति युवा महासंघको निवर्तमान अध्यक्षसमेत भएका राई हाल जिल्ला सहकारी संघ धनकुटाको सचिव पनि छन । चुनावको बिषयमा मेयरका उम्मेदवार राईसँग संगालोखबरका प्रतिनिधिले गरेको कुराकानी :-

चुनावी गतिविधी कस्ताे छ अहिले ?
– घरदैलो अभियान, चुनावी सभा, भेला लगायत गरेर अहिले चुनावी गतिबिधी अघि बढाईरहेका छौ । प्रायः जसो सवै वार्डमा धेरै चोटी गईसकेका छौ । पूर्ण रुपमा चुनावी अभियान हेर्दा लगभग ८० प्रतिशत अभियान सकिएको अवस्था हो । अझै पनि चुनावी अभियान चलिरहेको छ ।

तपाईका चुनावी एजेण्डाहरु के–के छन ?
– धनकुटालाई विकास गर्नु नै हाम्रो मुख्य चुनावी एजेण्डा हो । हुन त त्यसमा केहि अरु भन्दा फरक पनि छ । धनकुटामा सहरी विकास कार्यक्रम, एकीकृत वस्ती विकास कार्यक्रम पनी संचालन गर्छौ भनि रहेका छौ । ३५ सालमा स्थापना भएको धनकुटा नगरपालिका आज ३९ वर्ष वितिसक्दा पनि केही ठाँउमा मात्रै नगरको अनुभुति गनै पाईएको छ । सम्पुर्ण वार्डहरुलाई नगरको अनुभुति दिलाउने प्रयास हुनेछ । सम्पुर्ण वार्डमा सहरी विकास कार्यक्रम संचालन हुनेछ ।

Advertisement

मतदाताले तपाईलाई नै भोट दिनुपर्ने आधारहरु के–के हुन ?
– एउटा युवा उम्मेदवाको रुपमा मलाई पार्टीले अगाडी सारेको हुनाले धनकुटावासीहरुले मलाई भोट दिनु हुन्छ भन्ने कुरामा विश्वास छ । अर्को कुरा धनकुटामा हामी जति पनी ५१ जना उम्मेदवार छौ नेपाली कांग्रेसको तर्फवाट यी उम्मेदवार इमान्दार, स्वच्छ छविको र जनताको साथमा हिजोको दिनदेखिनै काम गर्दै आएको हुनाले पनि म लगायत मेरो टिमलाई मत दिनुहुनेछ भन्ने लागेको छ ।

चुनावमा तपाईको मुख्य प्रतिस्प्रधी को हो ?
मुख्य प्रतिस्प्रधी एमाले र माआवादी नै हुन । तर, उहाँहरु भन्दा हामी धेरै अगाडी छौ । किनभने हाम्रो अभियान संचालन भएको पनि लगभग ३ महिना कटिसकेको छ । हामीले जनताका कुराहरु बुझ्र्ने, जनतासँग अन्र्तक्रिया गर्ने, जनताको समस्याहरु वुझ्ने, घरदैलो गर्ने लगायत काम अरु भन्दा धेरै नै गरिसकेका कारणले अरु प्रतिस्प्रधीहरु धेरै पछाडी हुनुहुन्छ ।

चुनावी अभियानका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
मतदाताहरुले परिवर्तन खोजीरहेका छन । साच्चै भन्नुपर्दा धनकुटामा कांग्रेसले २०४९ साल देखि स्थानीय तह जितेको छैन । आजको यो स्थानीय तहमा मतदाताले कांग्रेसलाई रोजेको पाएको छु । अरुले धेरैपटक नेतृत्व गरेको भएपनि धनकुटाको विकास ज्युका त्यु हुनाले नयाँ युवा र कांग्रेसलाई मतदाताले रोजेका छन ।

चुनाव जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? जित्ने आधारहरु के–के छन ?
– चुनाव जित्छु भन्ने पुर्ण विश्वास छ । यसका आधारहरुमा एउटा त हामीले उम्मेदवारी निर्विरोध भएको र अर्को कुरा युवा र क्षमतावान ब्यक्तिको रुपमा मतदाताले बुझेकाले पनि जित्नेमा ढुक्क छु । म मात्रै नभएर जतिपनि हाम्रो पार्टीले उम्मेदवारहरु उठाएको छ, ति सवै साथीहरु सवै जाति, भुगोल, धर्मदेखि लिएर सवै समुदायहरुलाई समेट्ने किसिमको भएकाले पनि हाम्रो टिमलेनै जित्ने विश्वास छ ।

तपाईले ब्यक्त गर्नुभएका प्रतिबद्धता अनरुप काम हुन्छ भनेर मतदातालाई कसरी विश्वस्त पार्नुहुन्छ ?
– विश्वस्त पार्ने आधार भनेको हिजोका दिनमा हामीले गरेको कामहरुका उदाहरणहरु छन । जो चाहि आज हामीले गरिरहेका छौ । हिजो हामी जति सामाजिक काममा लाग्यौ त्यसमा हामी चुकेका छैनौ । भोलीको दिनमा पनि हामीले जनताहरुलाई यही तरिकाले गर्नेछौ । पुरानै काम गराईको आधारलाई मुल्यांकन गर्दा पनि विश्वास भईहाल्छ ।

तपाई बिजयी हुनुभयो भने ५ बर्ष पछि धनकुटा नगरपालिका कस्तो हुनेछ ?
– धनकुटा नगरपालिकामा म विजयी हुदै गर्दा शुन्दर धनकुटा, सक्षम धनकुटा, पर्यटकीय नगरी धनकुटा, गाउँ हैन सहरको धनकुटा र हरुको नगरी धनकुटा गाँउ हैन सहरको धनकुटा हुनेछ । धनकुटालाई प्रशासनीक केन्द्रको रुपमा प्रदेश नं. १ को राजधानी बनाउँने पनि मेरो प्रतिवद्धता छ ।

अन्त्यमा मतदातालाई केहि भन्न चाहनुहुन्छ ?
– स्थानीय तहको निर्वाचन २० वर्ष पछाडी आएको छ । तपाईले २० वर्ष पछाडी मत दिन पाउँदै हुनुहुन्छ, यसमा तपाईहरुले वुद्धी, विवेक प्रयोग गर्नु हाला । भोली गलत मान्छेको हातमा यो स्थानीय तह गयो भने धनकुटाको विकास सम्भव हुदैन ।

त्यसैले मेरो लागि, तपाईको लागि र सम्पुर्ण धनकुटेली जनताको लागी जाति भन्दा माथि उठेर, पार्टी भन्दा माथि उठेर भुगोल, क्षेत्र समुदायवाट माथि उठेर, क्षमताको आधारमा र हिजो गरेका कार्य मुल्यांकनको आधारमा मतदान गर्नुहोला भन्न चाहन्छु ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!