Avatar photoSangalo Khabar

 

Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउँन पहल गर्ने निर्णय गरेको छ ।

शनिबार साँझ बालुवाटारमा सम्पन्न नेकपाको बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको हो ।

नेकपामा तीन वटा अध्यक्ष बनाउने विषयसमेत बैठकमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

तर, सो बिषयमा नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । अब बैशाख २४ गते सचिवालय बैठक पुनः बस्ने नेकपाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement