संगालोखबर सम्वाददाता

धनकुटा । एमाले सांसद महिन सुब्बाको पार्थिव शरिर आज धनकुटा ल्याईएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित ६० बर्षीया सांसद सुब्बाको शनिवार साँझ उपचारका क्रममा धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

Advertisement

श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरिरलाई एमाले पार्टी कार्यालय शिरवानीमा राखिएकाे छ । १२  बजेपछि श्रद्धाञ्जली अर्पणको कार्यक्रम तय गरिएको छ । श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भीड लागेको छ ।

श्रद्धाञ्जली पश्चात धनकुटा बजारमा शव यात्रा गरी अाजै मुलघाटमा उहाँको पार्थिव शरिरको अन्त्येष्टि गरिने एमाले धनकुटाका उपाध्यक्ष दुर्गा लिंखाले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!