बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । लकडाउनका कारण काठमाण्डौंमा अलपत्र परेर खानेकुराको अभावमा बिजोक भएका धनकुटेलीहरुलाई स्वतस्फूर्त रुपमा सहयोग गरिएको छ । धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिको अगुवाईमा १ सय ७५ भन्दा बढी व्यक्ति तथा परिवारलाई धनकुटेलीहरुले नै खाद्यान्न उपलब्ध गराएका हुन् ।

Advertisement

काठमाण्डौंमा ज्याला मजदुरी गरेर बस्दै आएका मजदुर, बिद्यार्थी र उपचारका लागि आएर अलपत्र परेकाहरुलाई सहयोग उपलब्ध गराइएको हो । अलपत्र परेका जिल्लाबासीको सहयोगार्थ निर्माण गरिएको सहयोग समितिको अगुवाइमा काठमाण्डौं बस्दै आएका धनकुटेलीहरुले नै उनीहरुलाई स्वतस्फूर्त सहयोग प्रदान गरेको समिति संयोजक हेमराज भण्डारीले जानकारी दिए । ‘अलपत्र परेकाहरुलाई सहयोग गर्न हामीले सामाजिक संजालमार्फत नै समिति बनाएर सहयोग अभियान चलाएका हौं ।’ भण्डारीले संगालोखबरसँग भने ‘अलपत्र परेका धनकुटेलीलाई धनकुटाकै मनकारी साथिहरुले नै स्वतस्र्फूत रुपमा सहयोग प्रदान गर्नुभएको हो ।’

लकडाउन प्रभावितहरुको खोजी गरेर उनीहरु बसेकै स्थानमा खाद्यान्न पुर्याउँने व्यवस्था मिलाइएको थियो । काठमाण्डौंमा मजदुरी गरेर जिविका चलाउँदै आएकी धनकुटाको सहिदभूमीकी सुस्मा राईले लकडाउनका कारण मजदुरी गर्न नपाएर खानेकुरा सकिदा भोकभोकै बस्नुपर्ने अवस्थामा जिल्लाबासीले सहयोग गर्दा धेरै राहत मिलेको प्रतिक्रिया दिइन् । ‘सुखमा जो सुकै साथमा हुन्छन्, दुखमा साथ दिने खासै हुदैनन् । तर, अभर परेका बेला आफ्नै जिल्लाबासीले खोजिखोजी खानेकुरा ल्याएर दिदा साह्रै खुशी लाग्यो ।’ उनले भनिन् ।

यता, दर्जनौ व्यक्तिलाई सहयोग उपलब्ध गराएका धनकुटाको चौबिसे गाउँपालिकाका डा.डम्बर चेम्जोङले बिपतका बेला जिल्लाबासीलाई सहयोग गर्न पाउदा सन्तुष्टि मिलेको बताए । त्यस्तै सहयोग उपलब्ध गराउँने धनकुटाको सहिदभूमीकी अप्सरा राईले पनि जिल्लाबासीलाई सहयोग गर्न पाएकोमा आनान्दानुभूति मिलेको प्रतिक्रिया दिईन् । उनीहरु जस्तै काठमाण्डौ बस्दै आएका दर्जनौ धनकुटेलीले स्वतस्र्फूत रुपमा खाद्यान्न उपलब्ध गराउँदा अलपत्र परेकाहरुलाई केहि दिनका लागि भएपनि खानेकुराको व्यवस्था मिलेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!