गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले सामाजिक सञ्जालमा कोरोना सम्बन्धि गलत अफवाह फैलाउँनेहरुलाई कारबाही गर्ने बताएका छन् । धनकुटाका कतिपय व्यक्तिले कोरोना पुष्टि भएको भन्ने गलत अफवाह फैलाएपछि प्रमुख जिल्ला अधिकारी बिमलीले यस्तो बताएका हुन् ।

Advertisement

‘पुष्टि नै नभईकन मान्छेलाई त्रास फैलाउँने हिसावले कोरोना पुष्टि भयो भनेर लेख्नु कानुन विपरित हो ।’ प्रजिअ बिमलीले संगालोखबरसँग भने ‘यस्तो गलत र भ्रामक अफवाह फैलाउँनेलाई साइबर क्राइम र स्वास्थ्य ऐन अनुसार कारबाही गरिन्छ ।’ उनले आधिकारीक निकायबाट प्रमाणित नभईकन कोरोना पुष्टि भनेर गलत प्रचार गर्नेहरुको भ्रममा नपर्न पनि जिल्लाबासीलाई आग्रह गरेका छन् ।

धनकुटाका कतिपय व्यक्तिहरुले ‘र्‍यापिड डायग्नोष्टिक टेष्ट’ ‘आरडीटी पोजिटिभ’ देखिएको बिषयलाई ‘कोरोना पुष्टि’ भनेर अफवाह फैलाएपछि प्रशासनले उनीहरुको गतिबिधिमाथि चासो देखाएको हो । स्वास्थ्यकर्मीहरुका अनुसार ‘आरडीटी पोजिटिभ’ देखिदैमा कोरोना पुष्टि भएको यकिन हुँदैन । ‘आरडीटी पोजिटिभ’ देखिएका व्यक्तिको ल्याबमा ‘स्वाब’ परीक्षण गरेर मात्रै कोरोना संक्रमण भए/नभएको प्रमाणित हुँने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

प्रदेश नं.१ को कोरोना सूचना डेक्सका अनुसार प्रदेश नं.१ मा हालसम्म चार जनामा ‘आरडीटी पोजिटिभ’ देखिएको छ । केहि दिन अघि झापा र मोरङमा ‘आरडीटी पोजिटिभ’ देखिएका दुई व्यक्तिको ‘पीसीआर’ मा ‘नेगेटिभ रिपोर्ट’ आइसकेको छ । ‘आरडीटी पोजिटिभ’ देखिएका तेह्रथुमको मेन्छयायेमका र सुनसरीको हरीनगराका दुई जनाको ‘पीसीआर’ परीक्षणका लागि ‘स्वाब’ पठाइएको छ ।

उनीहरुको ‘पीसीआर’ रिपोर्ट आउँन वाँकी रहेको प्रदेश नं.१ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सूचना अधिकारी क्षितिज भट्टराईले संगालोखबरलाई जानकारी दिए ।

Update News…

तेह्रथुमका युवामा कोरोना संक्रमण नभएको पुष्टि, धनकुटाको हल्ला निराधार

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!