लहान । सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ ।

नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको हो । यस्तै बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नियमित रुपमा काम गर्नका लागि रु २० लाखको स्वास्थ्य बीमा गर्ने निर्णयसमेत गरेको नगरप्रमुख गङ्गा पासवानको भनाइ छ ।

नगरप्रमुख पासवानका अनुसार, नगरपालिकाले विभिन्न वडाका अति विपन्न, दलित दुई हजार परिवारलाई परिवार सङ्ख्याको अनुपातमा चार जनासम्मको परिवारलाई प्रतिपरिवार २० किलो चामल, तीन किलो आलु, दुई किलो दाल, एक लिटर तेल र आधा केजी स्वाबिन तथा चार जनाभन्दा बढी परिवार सङ्ख्या भएका परिवारलाई प्रतिपरिवार त्यसको दोब्बरका दरले राहत वितरण गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!