संगालोखबर सम्वाददाता

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार विश्वभर कोरोनाका कारण १ लाख २ हजार ६ सय ७ जनाको मृत्यु भएको छ ।

Advertisement

कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा १८ हजार ६ सय ३७ जनाको कोरोनाका कारण ज्यान गएको छ भने स्पेनमा पनि १६ हजार ८१ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोना संक्रमितको संख्या १६ लाख ९४ हजार नाघेको छ । जसमध्ये अमेरिकामा सबैभन्दा धेरै ४ लाख ९९ हजारलाई कोरोना संक्रमण भएको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या १ लाख ५८ हजार नाघेको छ भने इटालीमा संक्रमितको संख्या १ लाख ४७ हजार पुगेको छ ।

यसैवीच संक्रमण भएकामध्ये ३ लाख ७६ हजार निको भइसकेका छन् । यसमध्ये सबैभन्दा धेरै चीनमा ७७ हजार संक्रमित निको भएर घर फर्किएका छन् । यता, स्पेनमा ५५ हजार र जर्मनीमा ५३ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्केको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!