संगालोखबर सम्वाददाता

काठमाडौं । सरकारी निर्णयको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै प्रेस काउन्सिल नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । गल्तिहरुलाई आगामी दिनमा गंम्भीरताका साथ सतर्कता अपनाउँन पनि काउन्सिलले सुझाव दिएको छ ।

Advertisement

चैत २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत ‘भोलि र पर्सि उपत्यका बाहिर जान पाउने’ व्यहोराको सूचना सम्प्रेषण भएको थियो । सो सूचनाले भ्रम र अन्यौल सिर्जना गरेको भनेर गुनासो आएपछि प्रेससम्बन्धी नीतिगत राय, सुझाव दिने र मिडियाको अनुगमन गर्ने एकमात्र नियामक निकाय काउन्सिलले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल सरकारलाई पत्र पठाएर ध्यानाकर्षण गराएको हो ।

‘प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत निर्णय पोस्ट गर्दै, ताजा विवरण थप्दै र अन्तमा लेखिएका सबै सूचना डिलिट गरिएको गुनासो आएकाले काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ ।’ पत्रमा लेखिएको छ ‘विश्वव्यापी स्वास्थ्य संकटकालको यो बेला प्राविधिक भूलका कारण सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भैदिँदा जनमानसमा भ्रम सिर्जना भएको र आधिकारिक सूचनाको मूल स्रोतमै पटकपटक छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयतामाथि थप प्रश्नचिन्ह उठ्न गएको व्यहोरा अवगतै छ ।’

काउन्सिलले यसतर्फ आगामी दिनहरूमा गम्भीरताका साथ सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयका अधिकारीलाई आग्रह गरेको छ । यस्ता गल्ती सच्याउनेतर्फ सकारात्मक र शीघ्र पहलबाट नै आम जनसमुदाय, मिडिया र सरकारलाई विगतका महाभूकम्प, नाकाबन्दीलगायत अप्ठ्यारा कालखण्डमा झैँ अबका जुनसुकै विपत्तिहरू मिलीजुली पार लगाउन बल पुग्ने काउन्सिलको पत्रमा उल्लेख छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!