
काठमाण्डौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि युएईको दुबईमा पनि दुई साता लकडाउन घोषणा गरिएको छ । दैनिक संक्रमण दर उच्च हुँदै गएपछि दुबईको संकट र प्रकोप व्यवस्थापन सर्वोच्च समितिले शनिबार बेलुकी ८ बजे देखि लागू हुनेगरी दुई साता लकडाउन घोषणा गरेको हो ।
कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्मलीकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं किटनाशक औषधि छर्ने अभियान संचालन गरिने भएको छ ।
बिगत ३ दिनमा दैनिक सय भन्दा बढी व्यक्तिमा संक्रमण देखिएपछि स्थानीय सरकारले अत्यावश्यक काम बाहेक सम्बन्धित निकायबाट स्विकृति नलिइ बाहिर ननिस्कन सूचना जारी गरेको त्यहा रहेका धनकुटाका प्रविण पोख्रेलले संगालोखबरलाई जानकारी दिए ।
त्यहाको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट हालसम्म १० जनाको निधन भएको छ । त्यस्तै शनिबार २४ घण्टाको अबधिमा संक्रमित संख्या २४१ जना बढ़ेर १५०५ पुगेको छ ।















