गोमा ढुंगाना/संगालोखबर

बिराटनगर । नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वदेशमै रहेकामा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । मन्त्रालयले आज दिउँसो आधिकारीक फेसवुक पेज मार्फत थप तीन जना व्यक्तिमा कोरोना देखिएको पुष्टि गरेको हो ।

Advertisement

मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ बर्षीया महिलामा कोरोना भाईरसको संक्रमण दखिएको छ । नेपालमा यसअघि कोरोना संक्रमण पुष्टि भएका ६ जनानै विदेशबाट फर्किएका थिए । तर, कैलालीकी ३४ बर्षीया महिला भने विदेशबाट फर्किएकी होइनन् ।

नेपालमै रहेका मध्ये पहिलो पटक ती महिलामा कोरोना संक्रमण देखिएको हो । उनी यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त हुन् । उनीहरु देवर भाउजु भएको बताइएको छ । ती महिला बाहेक आज पुष्टि भएकासहित वाँकी सबै संक्रमित विदेशबाट फर्किएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमिताको संख्या ९ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!