
धनकुटा । आज विश्व मूर्ख दिवश । इस्वी संवतअनुसार अप्रिल १ तारिखका दिन यो दिवश मनाइदै आएको छ । नेपालमा पनि ‘अप्रिल फूल’ अर्थात ‘ढाट्ने दिन’ का नामले यो दिवश मनाउँने प्रचलन छ ।
मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर यो दिवश मनाउँने गर्छन् । कसैलाई अचम्म लाग्दो वा गलत सन्देश सुनाएर अरुलाई ढाट्ने चलन छ । आफ्ना घरपरिवार, छिमेकी एवं साथीसंगीहरुसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुनाएर मनोरञ्जन लिने, दुख दिने दिनका रुपमा यो दिवश मनाइन्छ ।
अहिले सामाजिक संजालमा गलत सन्देश लेखेर ढाट्ने वा झुक्याउँने क्रम बढ्दै गएको छ । रमाइलो गरेर मनाइने यो दिवशमा कतिपयले गंभीर बिषयमा ढाट्ने वा झुक्याउँने गर्दा अप्रिय घटनासमेत हुने गरेका छन् ।
मुर्ख दिवस अर्थात अप्रिल फूल मनाउने चलन १६ औं शताब्दीमा फ्रान्सबाट सुरु भएको हो । नेपाली संस्कृतिमा हास्य व्यंग्य गरी गाइजात्रा मनाइएजस्तै पश्चिमा मुलुकमा पनि अप्रिल फूल मनाउने प्रचलन सुरु भएको हो ।















