धनराज पोख्रेल
धनराज पोख्रेल, महालक्ष्मी-३ डाँडागाउँ, धनकुटा

आउ भेट्न नभन प्रियतम नेपाल यहाँ बन्द छ।
विश्वमा फैलिएको पापी कोरोनाकाे गन्ध छ ।।

शिक्षा कलेज मन्दिर यहाँ आज सबै बन्द छ
बजार उद्योग वाणिज्य यहाँ आज सबै मन्द छ
आउ भेट्न….

आफू बचौ अरू लाई बचाऔं सबैले भन्दछन्
लक डाउनको दिनहरू सबैले यहाँ गन्दछन्
आउ भेट्न नभन प्रियतम….

सामाधान अपनाऔं है साथि मित्रजन
नियम कानुन मान्नु पर्छ हाम्रै हुन्छ हितजन
आउ भेट्न नभन प्रियतम यहाँ नेपाल बन्द छ
विश्वमा फैलिएको पापी कोरोराको गन्ध छ ।।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!