लहान । सिरहाको लहान नगरपालिका–१ मा गए राति एक महिलाको हत्या भएको छ । तत्काल सनाखत हुन नसकेकी करिब २८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा आज बिहान शब फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ । बिहान मर्निङ वाकमा गएका व्यक्तिहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पु¥याएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!