Avatar photoSangalo Khabar

काठमाडौँ । फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी फ्रान्सबाट काठमाडौं आएकी १९ बर्षीय एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

Advertisement

कतारको दोहा हुँदै उनी चैत ४ गते नेपाल आएकी थिईन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण नदेखिएको भएपनि होम क्वारेन्टाइनमा बसेकी थिईन् । आईतबार परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री ढकालले बताए ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उनको उपचार भईरहेको छ । यसअघि चीनबाट आएका एक नेपालीमा कोरोना देखिएको भएपनि उनी निको भएर घर फर्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement