संगालोखबर सम्वाददाता

काठमाडौं । मंगलबार सुन र चाँदीको भाउ ओरालो लागेको छ । सोमबार ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार २ हजार घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

सुन व्यावसायीहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेपछि भाउ घटेको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीका कारण आर्थिक मन्दी बढ्दा लगानीकर्ताले डलरमा लगानी बढाएकाले सुनको भाउ घटेको व्यावसायीहरु बताउँछन् ।

यता, मंगलबार चाँदीको भाउ पनि प्रति तोला ८० रुपैया घटेको छ । सोमबार ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!