
न्यूयोर्क । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण हुने भएको छ । कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको उक्त खोप ४५ जना अमेरिकी स्वयंसेवीहरूमा परीक्षण गरिने बताइएको छ ।
खोपले मानव शरीरमा केही असर गर्छ वा गर्दैन भन्नेबारे अध्ययन गर्न परीक्षण गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको सियाटलमा सोमबार मानिसमा परीक्षण गर्न लागिएको हो ।
खोपको सोमबार परीक्षण गरिने भए पनि विज्ञहरुका अनुसार पुरै परीक्षण गरेर खोप तयार गर्न १ वर्ष भन्दा बढी समय लाग्न सक्छ । अमेरिकास्थित ‘द नेशनल इन्स्टिट्युट अफ हेल्थले यस खोप परीक्षणका लागि खर्च उपलब्ध गराउने बताइएको छ । परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम mRNA-1273 नामकरण गरिएको छ ।















