
काठमाण्डौं । कास्कीलाई केन्द्रबिन्दु बनाएर आईतबार राती भूकम्प गएको छ । राती करिव ८ः४५ बजे भूकम्पको धक्का महसुस भएको हो ।
कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि पोखरामा मानिसहरु घर बाहिर निश्किएका थिए । काठमाण्डौमा पनि धक्का महसुस गरिएको छ ।
यो समाचार तयार पर्दासम्म क्षतिको विवरण भने प्राप्त भएको छैन ।















