संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनुषा । धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको मृत्यु गएको छ । क्षीरेश्वरनाथ-२ रमदैयामा अत्याधिक मदिरा सेवनका कारण ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार ३ र बिहीबार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए । अनुसन्धानका क्रममा अत्याधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको प्रहरी निरीक्षक नायकले बताए ।

Advertisement

घरेलु मदिरा अत्याधिक सेवन गरेकै कारण २७ वर्षीय इनरजीत महरा पनि सिकिस्त बिरामी परेका छन् । उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!