काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

 आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जारी गरेकोमा हालसम्म उहाँहरु संवैधानिक उक्त आयोगको सूचनाको बेवास्ता गरी फरार रहेकाले पक्राउका निम्ति अख्तियारले सर्वसाधारणलाई अनुरोध गरेको हो ।

 फरार महत र ढकाललाई पक्राउ गर्न सूचना दिई सहयोग गर्ने सर्वसाधारणलाई उचित पुरस्कारको व्यवस्था अख्तियारले गरेको जनाउँदै उहाँहरुलाई देख्ने वा फेला पार्ने जो सुकैले अख्तियारको सिधा टेलिफोन नम्बर १०७ वा नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ ।
 भ्रष्टाचार मुद्दाको अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै अख्तियारले यस्तो अनुरोध गरेको सम्भवतः यो पहिलो घटना हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!