
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।
यद्यपि उनलाई लागेन । जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । उनको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि प्रचण्डलाई भृकुटीमण्डपमा आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा माला लगाउने क्रममा एकजनाले थप्पड हानेका थिए ।















