
दैलेख । कालीकोटको नरहरिनाथ गाउँपालिकाका–१ जिते बजारस्थित कर्णाली नदीमाा आज बिहान जीप खस्दा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा जीप चालक दैलेखको गुराँस गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको हो ।
रासकोटबाट जितेगडा यात्रु र्पुयाएर फर्किने क्रममा लु १ ज.४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । यात्रु झारेर ब्याक गर्दा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलीयाले जानकारी दिए ।















