
काठमाडौँ । सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसन सम्बन्धि अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सर्वत्र आलोचना भएको छ । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बिहीबार सार्वजनिक भएको हो ।
अडियो बाहिरिएसँगै वाँस्कोटाको आलोचनाले सामाजिक सञ्जाल भरिएको छ । मन्त्री बाँस्कोटाप्रति धेरैले व्याङ्ग्य गरिरहेका छन् । सेक्यूरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधी विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीको अडियो बिभिन्न अनलाईन मिडियाहरुमा सार्वजनिक भएको छ ।
अडियो कुराकानी अनुसार, मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका छन् । उनले कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेका छन् । ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ ।
मन्त्री बास्कोटा र स्वीस कम्पनीकास्थानीय एजेन्ट मिश्र शर्माबीचको संवाद :
विजय प्रकाश मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसीआउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाईंले बोलाएर आउने हैन
मन्त्री गोकुल बाँस्कोटा : ह…
विजय प्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्ने किभन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको -कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
मन्त्री गोकुल बाँस्कोटा : ठीक छ।
विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि तपाईंले टाइम मिलाइदिनुपर्यो।
मन्त्री गोकुल बाँस्कोटा : मिलाइदिन्छु।
विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्रयाक जाने कि ? तपाईंले भनेअनुसार नै गर्ने लु भन्नुस।
मन्त्री गोकुल बाँस्कोटा : अब। क्यापासिटीको कुरा।
विजय प्रकाश मिश्र शर्मा : कुराचाहिँमैले राखेको छु उनीहरुलाई।
मन्त्री गोकुल बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने?
विजय प्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा
मन्त्री गोकुल बाँस्कोटा : उनीहरुले कति निकाल्छन्?
विजय प्रकाश मिश्र शर्मा : यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।
मन्त्री गोकुल बाँस्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं।
विजय प्रकाश मिश्र शर्मा : केही न केही त भइराछ त्यहीबेसमा जाने हो। बेसचाहिँतपाईंहरुको उसमै जाने हो हामी।
मन्त्री गोकुल बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौं२५ निस्क्यो भने कति हुन्छ?
विजय प्रकाश मिश्र शर्मा : ७० जति आउला कि! आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि।
मन्त्री गोकुल बाँस्कोटा : तपाईंलाई के गर्छन्? छुट्टै गर्छन्?
विजय प्रकाश मिश्र शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सप्यारेन्ट हुन्छ।
मन्त्री गोकुल बाँस्कोटा : त्यो भनेको कति हुन्छ?
विजय प्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाईंहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्यो नि। आउट अफ ट्रयाक गइयो भने…
मन्त्री गोकुल बाँस्कोटा : अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छ नि?
विजय प्रकाश मिश्र शर्मा : त्यो कुरा तपाई गर्नुस।
मन्त्री गोकुल बाँस्कोटा : एउटा के नगर्नुस्भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन्। त्यसकारण यो कुरामा तपाईंआफै लाग्नुस। कुरा बुझ्नुभो..
विजय प्रकाश मिश्र शर्मा : त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
मन्त्री गोकुल बाँस्कोटा : त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्क्यो भने २८ अर्बको बनाउनुस्।















