धनकुटा । सनराइज बैंक धनकुटा शाखाले धनकुटा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । क्याम्पससँगको सहकार्यमा कार्यक्रम आयोजना गरी बिद्यार्थीहरुलाई बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारी गराईएको हो ।
दर्जनौ बिद्यार्थी उपस्थित कार्यक्रममा बैंकका शाखा प्रमुख दिनेश अधिकारीले बैंक, बचत तथा कर्जाको बिषयमा जानकारी गराएका थिए ।
सरकारको ‘समृद्धिसँग जोडौँ नाता : सबै नेपालीको बैंक खाता’ अभियानलाई निरन्तरता दिदै कार्यक्रम गरिएको शाखा प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार वित्तीय साक्षरता कार्यक्रमलाई धनकुटाका अन्य स्थानमा पनि सञ्चालन गरिनेछ ।
सबै नेपालीको बैंक खाता खोल्ने उद्धेश्यले सनराइज बैंकले गत बैशाखबाट ‘सनराइज समृद्धि बचत खाता’ सुरु गरेको छ । यो खाता खोल्दा बचतकर्तालाई खातामा १ सय रुपैया प्रदान गरिदै आएको सनराइज बैंकले जनाएको छ ।