अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन ।
लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो ।
घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए ।
जिप असार १४ गते हुने स्थानीय तहको चुनावका लागि नेपाली कांग्रेसले प्रचारप्रसारमा लगेको थियो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।