काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले सङ्खुवासभा भोटखोला गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा वडाध्यक्षका उम्मेदवारको हत्या गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

Advertisement

प्रवक्ता पम्फा भुसालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्नु भई भोटखोला गाउँ समिति सदस्य तथा वडा नं २ का पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिनाङ भोटेको उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा बाटोमा कुटपिट गरी हत्या गरिएकामा आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्नुभएको छ ।

माओवादीले वडाध्यक्षका उम्मेदवार भोटेको हत्या नेकपा (एमाले)का कार्यकर्ताले गरेको आरोप लगाएको छ ।

प्रवक्ता भुसालले घटनाको भत्र्सना गर्दै हत्याराको अविलम्ब खोजी गरी कडा कारबाहीका लागि सरकारसँग माग गर्नुभएको छ । प्रवक्ता भुसालले निर्वाचनको प्रक्रियामा उम्मेदवार तथा मतदाताको पूर्ण सुरक्षाको वातावरण सुनिश्चित गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!