Sangalo Khabar

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि धनकुटामा पनि आईतबार उत्साहपूर्वक उम्मेदवारको मनोनयन दर्ता गरिएको छ ।

जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा चुनावका लागि उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएका हुन । धनकुटा नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र वाँकी स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिएको हो ।

Advertisement

मनोनयन दर्ताका लागि बिहान ८ बजे देखिनै उम्मेदवारहरु तामझामका साथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । दलहरुले बाजागाजा र ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारको मनोनयन दर्ता गराएका हुन । उम्मेदवारको मनोनयनका लागि बिहान ८ देखि अपरान्ह ४ बजेसम्मका लागि समय तोकिएको थियो ।

धनकुटामा उम्मेदवारको मनोनयन पुरा भएको भएपनि कहाँ–कहाँ, क–कस्ले र कसरी मनोनयन दर्ता गराए भन्ने बिषयमा बिस्तृत जानकारी आउँन वाँकी रहेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिए ।

उम्मेदवारको मनोनयनपत्र दर्ताको सम्पुर्ण काम पुरा भएपछि आजै मनोनयनपत्र दर्ताको सूची प्रकाशन गरिनेछ ।

धनकुटामा उम्मेदवारको मनोनयन दर्ताका तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement