कविलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ ।
घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो ।
विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिए ।
उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु रहेको प्रहरीले जनाएको छ ।
विस्फोट बाणगंगा नगरपालिकाको कार्यालय नजिकै भएको हो । प्रहरीका अनुसार एक व्यक्ति थोत्रो साइकलमा रातो कपडाले बेरिएको केही बस्तुसहित आएका थिए । मननोयन दर्ता स्थलबाट करिव ३० मिटर पर साइकल रोकेर उनी हिडे ।
त्यसको केही सेकेण्डमा नै विस्फोट भएको थियो ।