Avatar photoSangalo Khabar

बिराटनगर । बिराटनगरको पुष्पलाल चौकमा शनिबार तीज बिशेष साँस्कृतिक कार्यक्रम गरिएको छ । महिला साँस्कृतिक तीज बिशेष कार्यक्रम आयोजक समिति र पुष्पलाल चौक सरोकार समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।

Advertisement

कार्यक्रममा एक दर्जन भन्दा बढी गायक, गायिका, हाँस्यकलाकार लगायतको प्रस्तुति थियो । गायिका अञ्जु गौतम, जुनु प्रसाइँ, गंगा गौतम, रानु निरौला लगायतले तीज बिशेष गीत गाएर दर्शकलाई नचाए । तीज गीतमा महिला तथा युवतीहरु झुमेका थिए ।

यता, हाँस्यकलाकार दिपाश्री निरौला, तुलसी घिमिरे लगायतको प्रस्तुतिले दर्शकलाई हाँस्यमनोरञ्जन दिदै कार्यक्रमलाई थप रोचक बनायो । कार्यक्रममा सहभागि अधिकांस महिलाहरु तीज बिशेष पहिरनमा सजिएका थिए ।

अधिकांस महिला उपस्थित कार्यक्रममा सयौं सर्वसाधरणको सक्रिय सहभागिताले कार्यक्रमलाई थप रौनकता प्रदान गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement