रुकुम। गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताउनुभएको छ ।

Advertisement

आज बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलमा मन्त्री शर्माले निर्वाचन असफल बनाउन केही तत्व लागे पनि उनीहरु असफल भएको बताउनुभयो । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैलाई सहभागी गराउनका लागि २ नं प्रदेशमा केही समय निर्वाचनको मिति सारिएको गृहमन्त्री शर्माको भनाइ छ ।
स्थानीय ऐन संशोधनपछि त्यसलाई कार्यान्वयन गर्न लागि केही समय चाहिने र वर्षाको सुरुआत भएका कारण असोज २ गते सरकारले त्यस प्रदेशमा निर्वाचन सफल बनाउने बताउनुभयो ।

“ऐन संशोधन भएपछि राष्ट्रिय जनता पार्टीले पनि निर्वाचनमा सहभागी हुन सहज हुने छ” मन्त्री शर्माले भन्नुभयो, “आज उम्मेदवारी दर्ता हुने स्थानमा राजपाले उम्मेदवारी दिने मैले विश्वास लिएको छु ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!