धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले गत आर्थिक वर्ष २०७५/०७६ मा राहदानी वितरण वापत एक करोड १३ लाख ९० हजार राजश्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २ हजार ९६ जनाले राहदानी लिन कार्यालयमा निवेदन पेश गरेका थिए । त्यस मध्ये ५ सय ८७ महिला र एक हजार ४ सय ९७ पुरुष गरी २ हजार ८४ जनाले राहदानी लिए । बाँकी १२ जनाको राहदानी बनेर कार्यालयमा आईसकेको भएपनि उनीहरुले लिन वाँकी रहेको प्रशासकीय अधिकृत सुधिर साफीले बताए ।
जिल्ला प्रशासन कार्यालय मार्फत राहदानी बनाउँन एक महिनादेखि डेढ महिनासम्म लाग्छ । त्यो भन्दा छिटो राहदानी आवश्यक परेमा जिल्लाबाट सिफारिस लिई काठमाण्डौं गएर बनाउँने गरिएको छ ।
छिटो राहदानी लिन चाहने ९ सय ८० जनालाई काठमाडौंबाट लिने गरी सिफारिस गरिएको छ । सिफारिस भएका ४ सय ४० महिला र ५ सय ४० पुरुषले काठमाण्डौं गएर राहदानी लिएका छन् ।
जिल्लाबाट सिफारिस लिएर काठमाण्डौं गई राजधानी बनाउँने क्रम बढ्दै गएको छ ।
विगत वर्षहरुको तुलनामा गत आर्थिक वर्ष महिलाले राहदानी लिने क्रम पनि बढेको प्रशासकीय अधिकृत साफीले बताए । उनका अनुसार राहदानी बनाउँने अधिकांस व्यक्ति बैदेशिक रोगजारीमा जाँने गरेका छन् ।