संगालोखबर संवाददाता
फाईल तस्वीर

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार देशैभरीबाट शुक्रबार मध्यान्हसम्म संकलन गरेको तथ्यांक अनुसार ४ जिल्लामा ६ जनाको मृत्यु भएको हो । झरीपछि आएको पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ ।

यस्तै झरीकै कारण काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ। त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन्।

Advertisement

त्यस्तै बाढीका कारण मोरङ र सुनसरीमा एक/एक गरी दुई जना बेपत्ता भएका छन् भने पर्सामा बाढीले बगाएर एकको मृत्यु भएको छ। त्यस्तै मोरङमा बाढीका कारण चार घर डुबानमा परेका छन् भने एक हजार घर प्रभावित बनेका छन्।

रौतहटको लालबकैया नदीमा पानीको प्रवाह बढेका कारण उक्त क्षेत्र जोखिमपूर्ण बनेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement