काठमाडौं। काठमाडौंको अत्तरखेलमा प्रहरीले डकौती मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ ।

Advertisement

पाँचथर फिदिमका छिरिङ लामालाई शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर प्रमुख उत्तम सुवेदीका लामालाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिएको हो।

लामाको समूहले गत २६ भदौ २०७५ मा कलंकीको मनी ट्रान्सफरबाट एक लाख ७० हजार लुटेका थिए ।

२०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!