
काठमाडौँ । आज देशभरका अदालत बन्द हुने भएको छ । पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज (आइतबार) देशभरका अदालत बन्द गर्ने निर्णय गरिएको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिए ।
पूर्व प्रधानन्यायाधीश खत्रीको शनिबार मृत्यु भएको थियो । उनको नेपाल मेडिसिटी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।
एक सय वर्षीय खत्रीको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।















