काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड भन्दा धेरै नक्कली भारतीय रुपैयाँसहित दुई व्यक्ति पक्राउ परेका छन् ।

विमानस्थलको भन्सारमा चेकिङमा क्रममा दुई हजार दरका नक्कली भारतीय रुपैयाँ बरामद भएको हो । यसअघि समेत भारु तस्करीमा जेल परेका युनुस अन्सारीकै समूहले तस्करी गरेको आशंका गरिएको छ । बरामद नोट लिएर उनीहरूमाथि सोधपुछ भइरहेको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।

Advertisement

नोटबन्दीमार्फत भारतले नयाँ नोट लागू पछि नक्कली भारु नेपालमा बरामद भएको यो पहिलो घटना हो । करिब पाँच करोड रहेको प्रहरीको आशंका छ । नोट लिएका गएका युनुस अन्सारी समेत पक्राउ परेका छन् । सो नोट बंगलादेशबाट आएको थियो ।

भन्सारको नियमित एक्से चेकिङमा उनीहरु पक्राउ परेका हुन् । भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार पक्राउ पर्नेमा तीन पाकिस्तानी नागरिक छन् । उनीहरु कतार एयरवेजबाट शुक्रबार बिहान नेपाल आएका थिए । ‘दुई वटा सुटकेशमा नक्कली भारु भेटिएको छ,’ उनले भने,‘प्लाष्टिकले बेरेर नक्कली भारु लुकाइएको थियो ।’

सो सामान लिन गएका युनुस अन्सारी लगायतलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बरामद व्यक्तिहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बुझाइने ठाकुरले बताए । बिशेष ब्यूरोले समेत अनुसन्धान अघि बढाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!